काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ ।
मंगलबार छापावाल सुन१ लाख १८हजारमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रति तोला पुगेको छ ।
हिजो१ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबीसुन आज १ लाख १८ हजार ४५० रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि१५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६५ रुपैयाँ कायम भएको महासंले जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

14 + 20 =