काठमाडौं । झन्डै ८ महिना अगाडी मोटरसाइकल दुर्घटनामा परि घाइते भएका बिर्तामोड नगरपालिका – ९ का विपिन नेपालको मृत्यु भएको छ । ३५ वर्षीय नेपालको सोमबार बिहान १० बजे उनको घरमै मृत्यु भएको हो।

गत चैत्र महिनामा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई उनि दुर्घटनामा परेका थिए। दुर्घटनामा परि घाइते भएका नेपाललाई बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचारका लागि लामो समय राखिएको थियो। अस्पतालको लामो बसाइ पछि उनलाइ घरमा लागिएको थियो। नेपालले भद्रपुर रोडमा हेल्मेट व्यवसाय संचालन गर्दै आएका थिए।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 − one =