विराटनगर । हात्तीको आक्रमणमा परी झापाको हल्दिबारीमा बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुने हल्दिबारी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयका सहयोगी कर्मचारी ६० वर्षीय पाथल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान घरबाट करिब दुई सय मिटर पर उनलाई हात्तीले आक्रमण गरेको थियो ।

दुई सातायता झापा, मोरङ र सुनसरीमा गरी हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ । जंगली हात्ती गाउँ छिरेर स्थानीय बासिन्दाको घर भत्काउने, अन्न र बाली खाइदिने साथै अरु भौतिक सम्पत्तिमा क्षति पुर्याउने क्रम बढेको छ । कतिपय गाउँहरुमा हात्तीबाट बच्न स्थानीय बासिन्दाले रात्रि गस्ती पनि गरिरहेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × three =