काठमाडौँ

दुबई पठाई दिन्छु भनी रकम ठग्ने नबिन र चमेली पक्राउ परेका छन् ।   जिल्ला चितवन रत्ननगर न.पा. वडा नं. १६ घर भई हाल जिल्ला काठमाण्डौ तार्केश्चर न.पा. वडा नं. ०५ बस्ने  नविन खड्का समेत २ जनाले जगत बहादुर विष्टलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ३,००,००० लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइ दिन्छु, मासिक रु. ६०,००० तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३,००,००० रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले निज नविन खड्का र चमेली चुहानको खोजतलास गर्ने क्रममा चमेली चुहानलाई काठमाण्डौ – १६ बालाजुबाट र नविन खड्कालाई काठमाण्डौं  नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी ले जानकारी दिए ।

चमेली चौहान

नबिन खड्का

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 × 3 =