पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् । बिहीवार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेको बुद्ध एयरले जनाएको छ ।

के कति कारणले ढोका खोलिएको हो यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेको समेत बुद्ध एयरले जनाएको छ । यात्रुले ढोका खोलेपछि काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागिएको जनाइएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nine + sixteen =