काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित बार्दली रेष्टुरेन्टले मिचेरबनाएको संरचनामा डोजर लगाएको छ ।
बिहीबार बिहान बार्दली रेष्टुरेन्टले सडकको हिँड्ने बाटो मिचेको ठहर गरी रेस्टुरेन्ट अगाडिको बाटो भत्काएको हो ।

बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्ट अगाडि डोजरसहित पुगेको महानगर प्रहरीहरुको टोलीले मिचेको करिव चार फुट बाटो खुला गरेको छ । महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका मिचिएका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

2 × one =