काठमाडौं। सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार… मनास्लु पोष्टकोे सातौ बर्ष पुरा गरेको अबसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप “एक विधा एक स्टार” सातौ मनास्लु राष्ट्रिय अर्वाड – २०८० आगामी पौष ७ गते शनिवार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।

साहसिक हिमाल आरोही, पर्यटन गाईड, समाजसेवी संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, गायक, गायीका, मोडल, शिक्षासेवी, पत्रकारिता बिधाहरुमा “एक विधा एक स्टार” सातौ मनास्लु राष्ट्रिय अर्वाड–२०८० द्धारा सम्मान गर्ने भएको छ ।

“एक विधा एक स्टार” सातौ मनास्लु राष्ट्रिय अर्वाड–२०८० मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका व्याक्तित्वहरुलाई अर्वाडद्धारा सम्मान गरिनुका साथै सम्मानित व्याक्तित्वहरुको प्रकाशित जिवनी एक तारा (भाग ७)को बिमोचन हुने भएको छ । सातौ मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांस्कृतिक प्रस्तुति हुने भएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

twenty − 14 =