काठमाडौं । प्रहरी कुटाईबाट एक जना स्थानियको निधन भएपछि धनुषाको हँसपुर–५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट स्थानीयदिपा मण्डलाको निधन भएपछि आक्रोसित गाउँवासीहरु प्रहरी चौकी घेराउ गरेको छ । भिड नियन्त्रण गर्न प्रहरीले हवाई फायर समेत गरेको जनाइएको छ ।

स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको गोली लागेर थप दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको रहेका छन् । दुवैको हातमा गोली लागेको छ । दुबै जनाको प्रादेशीक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानियको आरोप छ ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

15 − thirteen =