काठमाडौं।
नेपाल औषधि उत्पादक संघ (APPON) “नवौ फर्मा एक्स्पो २०२४” घोषणा भएको छ। एक्स्पो भरतपुरमा २०२४ मार्च ८ देखि १० सम्म (२०८० फाल्गुन २५ देखि २७ सम्म आयोजना हुने भएको हो।

धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई एक्स्पोमा देखाइने छ । एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र बुद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको छ । एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहने छ र यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेशका प्रदर्शनको बाहुल्य हुने बताइएको छ । प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पो नेपाल औषधि उत्पादक संघको महत्वपूर्ण इभेन्टको रुपमा रहेको छ । नेपाल फर्मा एक्स्पो नेपालका औषधी उद्योगलाई अगाडि बढाउनको लागि समर्पित रहेको छ। यो एक्स्पोले ज्ञान आदनप्रदान, सहकार्यसंगै यस क्षेत्रको वृद्धि र विकासको लागि नवीनतम प्रयोगको रूपमा रहने छ । सम्बन्धित सरोकारवाला, व्यावसायिकता, औपनी उत्पादन र निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने समाग्री, प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल ओईएम, आउटसोर्सिङ र करारमा निर्माण, रेफ्रिजेरेसन, क्लिनरूम, इन्जिनियरिङ, एयर फिल्टर, क्लिन एयर कन्डिसनिड, औषधी उद्योगका लजिस्टिक तथा अन्य सामाग्रीको एउटै स्थलमा गरिने प्रदर्शनीले यस एक्स्पोमार्फत् नेपालको औषधी उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिने आयोजकले जनाएको छ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले भने,’नेपालमा ८० वटा औषधी उत्पादन उद्योग छन् जस बाट ५०० भन्दा बढी औषधी हरू उत्पादन हुन्छन । हाम्रोे औषधी उत्पादन ले नेपालको ५०% भन्दा बढी बजार लिएको । ‘ औषधी उद्योगको प्रगतिको लागि नेपाल सरकारको औषधी व्यवस्था विभाग (डीडीए) तथा नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), फार्मेसी एसोसिएसन अफ नेपाल (पीएचएएन) र नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) सँगको समन्वयलाई अझ सुमधुर बनाउने अध्यक्ष प्रधानले बताए। नेपालको औषधी उद्योगको सबभन्दा महत्वपूर्ण र बृहत् एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपपस्थिति रहने अपेक्षा रहेको एक्सपो संयोजक प्रभात रुंगटाले बताए।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

20 − twelve =