झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आगलागि भएको छ । आइतबार बिहान भएको आगलागिबाट तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

बिहान ३ बजे शरणार्थी शिविर सेक्टर सी फोर, छाप्रा नं ५३५ बस्ने भिम बहादुर घिमिरेको घरमा आगलागी भएको थियो । बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचान कविद्युत सर्ट भई आगलागि भएको झापा प्रहरीले जनाएको छ । आगलागीबाट ३ वटा घर, घरभित्र रहेका लता कपडा, भाडा वर्तन, अन्न पात, काठ पात समेत जलेर नष्टहुँदा अन्दाजी ५ पाँचलाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सो आगो दमक नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासी मिलेर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 × 1 =