काठमाडौं । स्पेनिस लालिगा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा सभेल्लिालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै एथ्लेटिको मड्रिड लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनालाई पछि पारेको हो ।

एथ्लेटिको मड्रिड र बार्सिलोनाको समान ३८ अंक भएपनि गोल अन्तरमा तेस्रो स्थानमा रहन पुग्यो । रियल मड्रिड र जिरोना समान ४५ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा रहँदा पराजित भएको सेभिल्लाभने १६ अंक सहित १५ औं स्थानमा छ । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गरेको थियो । मार्कस लोरेन्टले गोल गर्दै अग्रता दिलाएका थिए ।

सोही अग्रता अन्तिम सम्म जोगाउँदै स्पष्ट ३ अंकलिन सफल भयो । एथ्लेटिको मड्रिड ७० औं मिनेटमा १० खेलाडीमा झरेको थियो ।
कागलर सोयोन्सु वैकल्पिक खेलाडीको रुपमा ६६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । तर ४ मिनेट पछि नै खराब ट्याकल गरेका कारण भारको सहयोगमा रातो कार्ड दिइएको थियो । १० खेलाडीमा रहेको एथ्लेटिको मड्रिड विरुद्ध सेभिल्लाले कुनैपनि दबाब भने बनाउन सकेन ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

20 − 17 =