काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामसँग एभर्टन २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा टोटनह्याम एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यो हारसँगै एभर्टन भने तालिकाको १६ औं स्थानमा छ ।

घरेलु मैदानमा टोटनह्यामले नवौं मिनेटमा अग्रता लिएको थियो । रिचार्लिसनले बेरनन जोनसनको पासमा गोल गर्दै अग्रता लिएको हो । १८ औं मिनेटमा सन हिउङ मिनले अग्रता दोब्बर बनाए । तर, ८२ औं मिनेटमा एभर्टनका लागि आन्ड्रे गोमेसले गोल गर्दै अन्तर २–१ मा झारे पनि हार टार्न पर्याप्त भएन । प्रिमियर लिगका अन्य खेलमा बर्नमाउथले नटिङघम फरेस्टलाई ३–२ गोलले पराजित गरेको छ । यो खेलमा नटिङघम फरेस्ट २३ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । उसका विली बेलीले दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए ।

त्यसपछि लय विग्रता सुरुआती अग्रता लिए पनि अन्त्यमा नतिजा बर्नमाउथको पक्षमा ३–२ ले गएको थियो । बर्नमाउथ २२ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने नटिङघम फरेस्ट १४ अंकहित १७ औं स्थानमा रहेको छ । त्यसैगरी लुटनले न्यूक्यासल युनाइटेडर्ला १–० गोल अन्तरले पराजित गरेको छ । लुटन जितका साथ १८ औं स्थानमा रहँदा न्यूक्यासल भने सातौं स्थानमा रहेको छ । यस्तै, बर्नलेले फुलह्यामलाई २–० गोल अन्तरले स्तब्ध बनाएको छ । बर्नले १९ औं स्थानमा रहँदा फुलह्याम १२ औं स्थानमा रहेको छ । यसैगरी वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० ले स्तब्ध बनाउँदै तालिकामा सुधार गरेको छ ।

वेस्टह्याम छैटौं स्थानमा उक्लिदा म्यानचेस्टर युनाइटेड आठौं स्थानमा धकेलिएको छ । प्रिमियर लिगमा आज आइतवार एक खेल हुने भएको छ । आज वुल्भ्स र चेल्सी आमने सामने हुने छन् । चेल्सी २२ अंकका साथ तालिकाको दशौं स्थानमा रहँदा वुल्भ्स १९ अंकका साथ १४ औं स्थानमा छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =