काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । शनिबार राति सम्पन्न खेलमा दुवै टिमले एक–एक गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् ।

बराबरीले आर्सनल र लिभरपुल दुवैलाई फाइदा पुगेको छ । आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने लिभरपुल दोस्रो स्थानमा पुगेको छ ।
एक दिन अघि शीर्ष स्थानमा उक्लिएको एस्टन भिल्ला भने तेस्रो स्थानमा पुगेको छ । आर्सनलको ४० अंक रहँदा लिभरपुल र एस्टन भिल्लाको भने ३९ अंक रहेको छ । शनिबार रातिको खेलमा सुरुआती अग्रता भने आर्सनलले लिएको थियो । चौथो मिनेटमै ग्रेब्रियल माहाल्हेसले गोल गर्दै अग्रता दिलाएका थिए ।

उनले मार्टिन ओडेगार्डको पासमा गोल गरेपछि लिभरपुल घरेलु मैदान एनफिल्डमा सुरुमै पछि परेको थियो । तर, २९ औं मिनेटमा लिभरपुलले बराबरी गरेको थियो । मोहमद सलाहले एलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 × five =