विराटनगर । बालबालिकाका समस्या बुझ्न विराटनगर महानगरपालिकाले उनीहरुसँग अन्तरक्रिया गरेको छ । बालबालिकाका समस्या बुझेर समाधान गर्ने उद्देश्यले विराटनगर महानगरपालिका क्षेत्र भित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरिएको हो ।

महानगरले आज विराटनगर–१९ को सार्वजनिक मावि र युमी स्कुलका विद्यार्थीसित अन्तरक्रिया गरेको छ । महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले बालक्लबको सहभागिता र क्रियाशीलतामा मेयर र उपमेयरसँग बालबालिका अन्तरक्रिया सञ्चालन गर्दै आएको छ ।अन्तरक्रियामा विद्यार्थीहरुले बालबालिकाका क्षेत्रमा महानगरले के गरिरहेको छ ? सामाजिक सञ्जाल र लागूऔषधको प्रयोगबाट बालबालिकालाई कसरी जोगाउने, विराटनगर बालमैत्री नगर कहिले हुन्छ लगायत विभिन्न जिज्ञासा राखेका थिए । बालबालिकाहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मेयर नागेश कोइरालाले बालबालिकाका हरेक समस्या समाधान गर्न महानगरपालिका गम्भीर रहेको बताएका थिए ।

उनले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै सामाजिक सञ्जालको प्रयोग नगर्न र अध्ययन र अतिरिक्त क्रियाकलापमा ध्यान दिन आग्रह गरे । नगर बालक्लब सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्ष समेत रहेका सामाजिक विकास समितिका संयोजक काजी बहादुर बस्नेत लगायतले सकारात्मक सोच र उद्देश्य लिएर अगाडि बढ्न सुझाव दिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × two =