काठमाडौं। टिप टो फुटसल एकेडेमीले तार्केश्वोरमा तीन उमेर समूहको फुट्सल कप आयोजना गर्ने भएको छ। प्रतियोगिता यही पुस ९ र १० गते तारकेश्वर –१० मा फुटसल प्रतियोगिता हुने आयोजकले जानकारी दिएको हो।

फुटसलमा आठ वर्षमुनिका ६ टोली सहभागी छन् । त्यसैगरी, ११ वर्षमुनिको ४  टिमले सहभागीता जनाउने छन्। त्यस्तै, १३ वर्ष मुनिका १० टिमको सहभागिता रहको छ। प्रतियोगिता लिग कम नकउआट प्रणलीमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता तथा उप विजेता टिमहरु र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रोत्साहन स्वरुप प्रदान गरिने बताइएको छ।

टिपटो स्पोर्ट्स् एकेडेमीले स्थापना भएको छोटो समयमा नै खेलकुद विशेषतः फुटबल र फुटसल खेलको प्रशिक्षण कार्यक्रम तथा प्रतियोगिताको मार्फत विभिन्न उमेर समुहमा रहेका बालबालिकाहरुको शारीरिक, मानसिक तथा सामाजिक विकाशमा महत्वपूर्ण योगदान पु¥याउदै आएको राष्ट्रिय फुटसल टोलीका मूख्य प्रशिक्षक गौरव बस्नेतले ब्नाताए। उनले खेलकुद गतिविधिहरु तथा प्रतियोगिताहरुमा बालबालिकाको सहभागिताले बालबालिकाहरुको शारीरिक तथा मानसिक क्षमता अभिबृदी मात्र नभई समाजमा प्रतिष्ठा बढाउने, सामाजिक बनाउने, भाईचारा बढाउने र भविष्यको लागि योग्य र स्वस्थ नागरिक उत्पादन हुने बताए।

प्रतियोगितालाई नकआउट प्रणालीको आधारमा खेलाईने कार्यक्रम रहेको छ । प्रत्येक टिमले जम्मा १० जना खेलाडीहरु तथा १ जना प्रशिक्षक र १ जना टिम व्यवस्थापक दर्ता गराउन सक्ने प्रावधान रहेको छ। प्रतियोगिताको विजेता तथा उप विजेता टिमहरु र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रोत्साहन स्वरुप प्रदान गरीने छ । यस खेलको प्रमुख प्रायोजकको दियालो फूड ल्याण्ड (शेषमति )रहेको फूड ल्याण्डका संचालक सरोज महर्जनले बताए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

16 + 3 =