काठमाण्डौं । पोसिबल नेपाल (Possible Nepal ) संस्थाले तारकेश्वर नगरपालिकामा रहेका बिभिन्न ६ वटा बिधायलका ५६ जना विद्यार्थीलाई झोला कपि लगाएतका शैक्षिक सामाग्री वितरण गरेको छ ।

तारकेश्वर नगरपालिका वडा नं ७ को  सभा हलमा आयोजित कार्यक्रममा वडाका सदस्य दिनेश प्रधानको अतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाबाट स्विकृत लिई उक्त सामाग्री वितरण गरीएको संस्थाका उपाध्यक्ष विष्णु प्रसाद धमला (नवराज) ले जानकारी दिए । आज कालिका कठारी प्राबि , गुरुकुल , काभ्रेस्थली मा.बि , नागार्जुन मा.बि , फुटुङ मा.बि , कालि देवी मा.बि , लगाएत बिधालयका ५६ जना विधार्थीहरु वितरण गरिएको हो ।

कार्यकममा सस्थाका अध्यक्ष कपिल देबकोटा  ,उपाध्यक्ष बिष्णु प्रसाद धमला (नबराज ), दिनेश प्रधान ,अभिभावक ,शिक्षक् शिक्षिका ,जनप्रतिनिधि ,स्थानीय ,बिधार्थी , पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको थियो । यस्तै संस्थाले यसअघि पनि वैशाखमा शिक्षामा असक्त , असाहय ,गरिब परिवारका बालबालिकालाई ध्यानमा  राखि माथि उल्लेखित  बिधालयका ५६ जना विधार्थीहरु लाई स्कुल ड्रेस प्रदान गरेको थियो त्यस्तै नुवाकोट लिखु गाउपालिकाका  ५९ जना विद्यार्थीलाई विद्यालय पोसाक र अन्य केहि ठाउँमा शैक्षिक सामाग्री वितरण गरीसकेको समेत संस्थाका अध्यक्ष कपिल देबकोटाले जानकारी दिए । यस कार्यक्रमको संचालन सन्चारकर्मी कुसुम बज्राचार्यले गरेकी थिइन् ।

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =