काठमाण्डौं । सत्तारूढ जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सत्ता गठबन्धनको बैठकमा जनसरोकारको विषयमा कहिल्यै छलफल नभएको बताएका छन् ।
प्रतिनिधि सभाको आज बिहीबार बसेको बैठकमा बोल्दै अध्यक्ष राउतले गठबन्धनको बैठकमा विरोधी र प्रतिस्पर्धी समाप्त विषयमा मात्र छलफल हुने गरेको तर जनसरोकारका विषयमा कुरा समेत हुने नगरेको राउतले उल्लेख गरेका हुन् । “म पनि गठबन्धनमै छु । गठबन्धनको बैठकमा जाँदा जनसरोकार विषयमा छलफलै भएको पाउँदिनँ,” राउतले भने, “सत्तामा कसरी टिक्ने, गठबन्धन कसरी जोगाउने र प्रतिस्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको देख्छु ।” राउतले भनेका छन् ।