काठमाण्डौं । नेपाल क्रिकेट संघ क्यानले जाजरोकट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

आज शनिबार नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

क्यानले जाजरकोट भूकम्प पीडितलाई आइसिसी टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाइनल खेलको टिकट विक्रीबाट प्राप्त ५० प्रतिशत रकम प्रदान गर्ने जनाएको थियो ।

सोही प्रतिबद्धता अनुसार प्रधानमन्त्री निवास बालुवाटार पुगेर चेक हस्तान्तरण गरेको क्यानका अध्यक्ष चन्दले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eleven − nine =