काठमाण्डौं । अवैध रुपमा हुण्डीको कारोबारमा संलग्न केही व्यक्तिहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाम चुलाचुली–६ घर भई हाल काठमाण्डौं माछापोखरी बस्ने ३० वर्षिय कुमारी कामी, ललितपुर ललितपुर–१९का ३२ वर्षिय अस्कर जोशी, पोखरा–१ कास्की घर भई हाल ललिपुर–१९ ललितपुर बस्ने २८ वर्षिय दिपेश भन्ने डोन शाही र मिक्लाजुङ–४ मोरङ घर भई हाल काठमाण्डौं माछापोखरी बस्ने २४ वर्षिय कल्पना मगर रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनिहरुले काठमाण्डौं उपत्यका भित्र गैरकानुनी तवरले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तिय कारोबार गर्ने गरेका थिए ।

यसैे गोप्य सुचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई फेला पारी खानतालासी गर्दा अस्कर जोशी र कुमारी कामीको साथबाट बिस–बिस लाख गरी चालिस लाख रुपैयाँ हुण्डी कारोबार गर्ने उद्देश्यले बोकी हिडेकाले उक्त रकम बरामदसँगै उनिहरुलाई पक्राउ गरीएको हो ।

पक्राउ पछि उनिहरुलाई थप अनुसन्धान तथा कार्वाहिको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाईएको समेत रेग्मीले जानकारी दिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

two × 2 =