✍️ उज्जल बिबस

भोट चाहिन्छ,भनेर पो जनता सम्झिन्छ्न्
आलु, काउली, प्याज र भन्टा लाई किन सम्झिन्छन् ,
सांसदको चुनाव नभई दिएको भए नेताले,
नत्र जनताको के काम, हामीलाई किन सम्झिन्छन् ,।

चुनावको बेलामा हजुर पेडा देखाउँछन्
बियर, रम, भोड्का र भेडा देखाउँछन् ,
सावधान रुपैयाँ लिएर भोटदिने जनता,
चुनाव जितेपछि नेताले आलु देखाउँछन् ।

विदेश तिर बिकासको भेल हुन्छ
मान्छे मान्छेमा आपसमा मेल हुन्छ,
हाम्रो देशमा त बाह्रै महिना हजुर ,
एक अर्काको खुट्टा तान्ने खेल खेलिन्छ,।

उता पानीपरे यता छाता थापीन्छ,
लम्पसार परिकन लाता थापीन्छ,
कहिले सुध्रिदैन मगन्ते नेताहरु,
जहाँ गएनी हजुर बाटा थापिन्छ ।

मनपर्ने साथिको बोली र मुख पनी राम्रो हुन्छ,
गतिलो जिवनसाथी पाए दुःख पनी राम्रो हुन्छ,
बिग्रेको बाट राम्रोको कल्पना गर्दै नगर्नुस् किन कि,
बीउ राम्रो भए पो त हजुर रुख पनि राम्रो हुन्छ,
नत्र फेरी नेताहरु जस्ता गफाडी भईन्छ,।।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

17 + 14 =