काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँबर, गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई पूर्व सभामुख कृष्णबहादुर महरा र बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरी माथि अनुसन्धान थाल्न निर्देशन दिए ।

आइतबार गृहमन्त्रीले सुन तस्करीमा माओवादी केन्द्रका उपाध्यक्ष महरामाथि र चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका हुन् । यसरी गृहमन्त्रीले नै निर्देशन दिएपछि सीआईबीलाई भने उनीहरुलाई बयान गराई अनुसन्धानको दायरमा ल्याउन सहज भएको छ । गृहमन्त्रीकै निर्देशन भएकाले अब सुन तस्करीको प्रतिवेदनमा भएका सबै सिफारिसको कार्यान्वयन अघि बढ्ने सीआईबी स्रोतले जानकारी दिएको छ ।

यस्तै गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार माहतत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएकाले यो प्रक्रिय पनि भूमि सुधार विभागमार्फत अघि बढ्ने भएको छ । त्यसअघि सां‍सद विनोद चौधरी सहितलाई अनुसन्धान प्रक्रियामा ल्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =