काठमाण्डौं । साथिको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बु नेचा सल्यान–४ का ४१ वर्षिय तिखे भन्ने तेज बहादुर राई रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

राईले २०५९/०६/१४ गते काठमाण्डौं–१९ का मरुढोका ईनाटोल स्थित बिनोद शाहीको राँगा काट्ने बधशाला भित्र सोहि ठाउमा घर भएका २६ वर्षिय संजय शाहीलाई फलामको रडले टाउको लगाएतका शरिरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार रहेका थिए ।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा काठमाण्डौं–३२ कोटेश्वरबाट पक्राउ गरि आवश्यक कार्वाहिको लागि सम्मानित जिल्ला अदालत काठमाण्डौं बुझाईएको समेत रेग्मीले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

12 + 11 =