काठमाण्डौं । बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनि रकम ठगि गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाण्डौं बुढानिलकण्ठ–६ का १९ वर्षिय श्रुती शाही, सिन्धुपाल्चोक मेलम्ची–८ घर भई हाल काठमाण्डौं–६ बौद्द बस्ने ३५ वर्षिय पुरुषोत्तम गिरी, काठमाण्डौं बुढानिलकण्ठ–१६ बालाजुका ३५ वर्षिय मन्दिरा बम्जन गुरुङ, कैलाली टिकापुर–१ घर भई हाल काठमाण्डौं–३२ कोटेश्वर बस्ने ३६ वर्षिय अस्मित बम त्यसैगरी सुनसरी भोक्राहा–४ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर–७ बस्ने ३० वर्षिय अनिता कुमारी यादव रहेको प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए ।
उनिहरुले वेरोजगार युवायुवतीहरुलाई वैदेशिक रोजगारीमा न्युजल्याण्ड, मकाउ, कोरीया, कतार लगाएतका विभिन्न देशमा पठाई आकर्षक तलब हुन्छ भनि विश्वास दिलाई लाखौं रकम ठगि गरेका थिए ।
उनिहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा काठमाण्डौंको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्वाहिको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।