काठ्माण्डौ – तारकेश्वरमा खुल्यो Blissful Beauty Zone तारकेश्वरकै सर्वोत्कृष्ठ ब्युटी पार्लर  ब्लेसफुल व्युटी जोन सञ्चालनमा आएको छ ।

Beautician लक्ष्मी तिमिल्सिना र यसोदा न्यौपानेको संयुक्त लगानीमा तारकेश्वर नगरपालिका–११, नेपालटारमा आज शनिबारदेखि सञ्चालनमा आएको हो । आज उद्दघाटन समारोहमा विशेष अतिथिको रुपमा बरिष्ठ सौंदर्यबिद सोनी कारञ्जित र बरिष्ठ सौंदर्यबिद रुस्का श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर पार्लरको समुद्घाटन गर्नु भएको थियो। कार्यक्रममा बिभिन्न संघ संस्थाका महिला दिदि बहिनीहरु स्थानिय पार्लर पारखी हरूको बाक्लो उपस्थिति रहेको थियो। पार्लरमा निःशुल्क स्किन टेष्ट, अन्य मेशन बाट हुने फाईदाका बारेमा सपना कार्की, धर्मागत न्यौपाने र सन्दिप खनाल ले प्रशिक्षण समेत दिनु भएको थियो।

सौन्दर्यले सबैलाई आकर्षित गर्ने तर कतिपयको भने शरिरमा विभिन्न समस्याले सौन्दर्य हराएको र समाधान गर्न भरपर्दो पार्लर नभएकाले त्यस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले अहिलेसम्म हस्पिटलमा मात्र प्रयोग भएको हाईफो, हाईड्रा जस्ता स्किन टेस्ट गर्ने जस्ता आधुनिक उत्कृष्ट प्रविधिको सुविधा सहित पार्लरलाई सञ्चालनमा ल्याएको सञ्चालक तिमिल्सिनाले बताउनु भयो ।

जुन प्रविधिले बच्चा पाएपछि पेटमा देखिने समस्या जस्तै पेट झोलिने अथवा चाउरिपन पर्ने जस्ता समस्यालाई पहिलाकै सेभमा ल्याई स्लिम बनाउने, डिप लेयर सम्म आउदै गरेको समस्यालाई समाधान गर्ने, क्लिनजिङ गर्ने, डार्क सर्कल आएको अवस्थामा हटाउने, पिम्पलहरु र रिङ्कलको समस्याहरु शतप्रतिशत सहजै समाधान गर्ने गर्छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eight + seventeen =