रूपन्देही । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा सञ्चालित ३ दिने उद्यमशीलता तथा उद्यम विकाश प्रशिक्षण हिजो (शनिबार) सम्पन्न भएको छ ।

वी.वी.एस. र वी.ए. चौथो वर्षका विद्यार्थीका लागि आयोजित प्रशिक्षणमा स्वदेशमै उत्पादन तथा स्वरोजगार अभिवृद्धि गरी समृद्धितर्फ जान सकिने उपायबारे प्रशिक्षकहरूले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक मुकुन्द ज्ञवाली, साना तथा घरेलु उद्योग महासंघ नेपालका निवर्तमान अध्यक्ष कन्हैयालाल कसौधन लगायतले प्रशिक्षण दिनुभएको थियो ।

विद्यार्थी परामर्श तथा रोजगार समितिका संयोजक भिमलाल घिमिरेको अध्यक्षता र क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धितालको आतिथ्यमा कार्यक्रम भएको थियो । विद्यार्थी परामर्श तथा रोजगार समितिका सदस्य नम्रता पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, व्यवस्थापन संकाय प्रमुख राजेन्द्र थापा, प्राध्यापकहरू केशरचन्द्र भण्डारी, बालकृष्ण अर्याल लगायतको उपस्थिति रहेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

11 + 1 =