काठामाण्डौं । भन्सार छली चोरी पैठारी गरी भारत हुदै नेपाल भित्र्याउदै गरेकोे ठुलो परिमाणमा रहेको सामान प्रहरीले बरामद गरेको छ ।

हिजो शनिबार जिल्लाका विभिन्न स्थानहरुमा भारतबाट अवैध रुपमा नेपालतर्फ नेपालतर्फ ल्याउदै गरेको बेबारिसे अवस्थामा रहेका ६ लाख बैसट्ठी हजार तिन सय रुपैयाँ बराबरको सामान बरामद गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सुर्यपुरा धकधई, प्रहरी चौकी कालिदह, बेलहिया, मर्चबार, बेथरी प्रहरी चौकी सुक्रौलीआमा, खैरेनी र अस्थाई प्रहरी पोष्ट छपिया रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही, प्रहरी चौकी दुवेथुमुवा र जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलिले प्याज २५ बोरा, चिनी १४ बोरा, चामल १२ बोरा, डि.ए.पि मल ४ बोरा, मटर दाल २ बोरा, मोवाईलको कवर ६ सय पिस, अबिर कलर अं.३० केजी, कुरकुरे, लेस, बिस्कुट, लगाएतका किराना सामानहरु, रलु ५३४१४,UP53BC 7183 र UP56C 5174 नं. को ३ वटा मोटरसाईकल, जिउदो ब्रोईलर कुखुरा ५३ पिस बरामद गरेको हो ।

बरामदपछि उक्त सामानहरु नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यलय बेलहिया रुपन्देहीमा बुझाईएको समेत कार्यालयले जानकारी दिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eleven + 8 =