काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।
आज आईतबार अवैतनिक कन्सुलर कर्प्स नेपाल- एसोसिएसनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बिचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कूटनीतिक समुदायलाई आग्रह गरेका हुन् ।
अध्यक्ष ढकालले आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ ऊर्जा, कृर्षि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा बाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि अध्यक्ष ढकालले आग्रह गरे । नेपाल विकासोन्मुख देशको रूपमा ग्र्याजुएट हुन गइरहेको सन्दर्भमा प्रत्यक्ष विदेशी लगानीका लागि थप अवसरहरू सृजना भएकाले यसको उपयोग गर्न पनि सम्मेलन उपयुक्त मञ्च रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।