काठमाण्डौं । इलाम २ मा हुने उपनिर्वाचनमा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले नेम्वाङलाई इलाम २ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार बनाउने टुङ्गो लगाएको हो । २०७९ को निर्वाचनमा निर्वाचित सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गत भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचनको हुने भएको हो ।
एमालेले यो स्थानमा नेम्वाङकै छोरालाई उठाएको हो ।