काठमाण्डौं । लागु औषध खैरो हिरोईन कारोबार गरिरहेको अवस्थामा तिनजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही रोहिणी–३ बस्ने १९ वर्षिय अनरजित यादव, आशिष धोवी र रुपन्देही सिद्धार्थनगर–१ बस्ने २९ वर्षिय सहदेव हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

उनिहरुलाई लागु औषध खैरो हिरोईनको कारोबार भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागु औषध नियन्त्रण व्युरो साखा कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोली गई निग्रानी तथा चेकजाँच गर्ने क्रममा लागु औषध ब्राउनसुगर खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित आईतबार पक्राउ गरेको हो ।

पक्राउ पछि उनिहरुलाई सम्मानित रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरी ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको समेत कार्यालयले जानकारी दिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =