काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा)का वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त राज्यमन्त्री कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ खाएसँगै प्रधानमन्त्री दाहालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा ७६ (९) बमोजिम सोमबार राज्यमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

four × five =