काठामाण्डौं । भिसा अबधि समाप्त पश्चात गैर कानुनी तवरले नेपाल बसिरहेका बंंगलादेशी नागरिकहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बंगलादेश ढाका घर भई काठमाण्डौं सोह्रखुट्टे बस्ने यामडी रिफद अहमद(MD RifatAhamed), आमडी अबदुल्ला(MD Abdulla), यामडी समुल हुदाँ(MD SamsualHoda), अब्दुल विश्वास(Abdul Biswas), यामडी मसुम मिच(MD Masum Miah) रहेको प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए ।

उनिहरु विभिन्न समयमा नेपाल प्रवेश गरि गैरकानुनी ढंगले बसोबास गर्नुका साथै संकास्पद गतिबिधिहरुमा संलग्न रहेको भन्ने गोप्य सुचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंको सोह्रखुट्टे एरियाबाट पक्राउ गरेको र गैर कानुनी तवरले बसिरहेको पनि प्रमाणित भएको थियो ।

पक्राउ पछि थप अनुसन्धान तथा कार्वाहिकोलागि अध्यागमन विभाग, कालिकास्थान, काठमाण्डौं पठाईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 × two =