काठमाण्डौं । कर्तव्य ज्यान मुद्धाका कसुरदार १८ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा न.पा.–१७ दरखसवाका ५२ वर्षिय रामपृत मल्लाह रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

मल्लाहले मिति २०६२।०९।२५ गते राती अनुमान २ बजेको समयमा रुपन्देही साविक गंगोलिया गा.वि.स. वडा नं ०५ हाल तिलोत्तमा नगरपालिका–२७ बस्ने जंग बहादुर यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरी फरार भएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलिले खोजतलासका क्रममा १८ वर्षपछि सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया स्थित भारतबाट नेपाल तर्फ आउने क्रममा पक्राउ गरेको हो ।

पक्राउ पछि उनलाई सम्मानित रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरि सम्मानित अदालतको आदेशले १० दिन  म्याद थप भई इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट थप अनुसन्धान समेत गरिरहेको कार्यालयले जानकारी दिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =