काठमाण्डौं । बैदेशिक रोजगारमा मालदिभ्स पठाईदिन्छु भनि रकम ठगि गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक म्याग्दी बेनी–४ घर भई हाल काठमाण्डौं टोखा–११ जाल्पाचोक बस्ने ३९ वर्षिय राममाया गुरुङ रहेको प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिएका छन् ।

गुरुङ राम प्रसाद सिलवाललाई वैदेशिक रोजगारको लागि मालदिम्स पठाउने र आकर्षक तलब हुने विश्वास दिलाइ प्रलोभनमा पारी तिन लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन भएका थिए ।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा काठमाण्डौं–१३ कालिमाटीबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्वाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

8 + 3 =