काठमाण्डौं । भन्सार छलि गरि ल्याईएको सुनसहित मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी ईटहरी–११का २६ वर्षिय सुदिप बि.क. गोरखा चुमनुब्री–६का ३९ वर्षिय सोनाम दोर्जे लामा रहेको प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए ।
उनिहरुले रसुवाको केरुङ नाका हुदै सुनको तस्करी गरी भन्सार छलि गरि काठमाण्डौं प्रवेश गरेको भन्ने गोप्य सुचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले सोमबार साँझको समयमा काठमाण्डौं–१८ नरदेवीबाट भन्सार छलि चोरी पैठारी गरि ल्याईएको पहेलो रंगको धातुको टुक्रा एक थान अन्दाजी (१२८.७ ग्राम) अनुमान तेह्र लाख एकानब्बे हजार एक सय साठी रुपैयाँ पर्ने सुन सहित उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पछि उनिहरुलाई विहिबार आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालय गौचर, काठमाण्डौं पठार्ईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।