काठमाण्डौं । भक्तपुरबाट राजस्व छलिका गाडी र मोटरसाईकल सहित तिन जना मानिस पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डौं नागार्जुन–७ घर भई हाल किर्तिपुर–२ बस्ने २७ वर्षिय किशोर गिरी, धादिङ धुनिबेशी–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षिय प्रविन गिरी त्यस्तै काभ्रेपलान्चोक महाभारत–२ घर भई हाल भक्तपुर–६ बस्ने ३० वर्षिय रमेश गिरी रहेको प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए ।

उनिहरुलाई गाडी मोटरसाईकलहरु भन्सार छलि चोरी पैठारी गरी कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलिले खोजतलासको क्रममा बुधबार भक्तपुर जिल्लामा विभिन्न किसिमका गाडी तथा मोटरसाईकल भन्सार छलि चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई ड्राईभिङ सेन्टरमा प्रयोग गरिएको अवस्थामा पक्राउ गरीएको हो ।

पक्राउ पछि उनिहरुबाट अल्टो गाडी एक थान, मोटरसाईकल दुई थान बरामद गरी उनिहरुलाई आवश्यक कार्वाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौं पठाईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

14 − 8 =