काठमाण्डौं । नेपाली कांग्रेसको सहकारी विभाग र आदिवासी जनजाति विभागमा सदस्य मनोनित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम सहकारी र आदिवासी जनजाती विभागमा १०/१० जना सदस्य मनोनित गरेका हुन् ।

सहकारी विभागमा केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल प्रमुख रहेका छन् भने सदस्यहरुमा भानुभक्त ढकाल बागमती प्रदेश, चन्द्रप्रसाद ढकाल लुम्बिनी प्रदेश, डिल्लीराम तिवारी गण्डकी प्रदेश, राजेन्द्र पौडेल बागमती प्रदेश, गोमा नेपाल कोशी प्रदेश, पदम दाहाल कर्णाली प्रदेश, विश्वप्रकाश पौडेल सुदूरपश्चिम प्रदेश, शम्भु घिमिरे बागमती प्रदेश, नवराज न्यौपाने लुम्बिनी प्रदेश, कृष्ण खनाल कोशी प्रदेशबाट रहेका छन् ।

त्यसैगरी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा मनोनित सदस्यहरुमा नगेन्द्रकुमार कुमाल इलाम, रेशमबहादुर गुरुङ गोरखा, आनन्दसन्तोषी राई धनकुटा, आङपासाङ शेर्पा दोलखा, चन्द्रकुमार आङ्दम्वे पाँचथर, सलाम सिंह तामाङ काभ्रेपलाञ्चोक, थममाया छन्त्याल बाग्लुङ, रमेश जिमी संखुवासभा, धनबहादुर श्रेष्ठ काठमाडौं, कृष्ण घिसिङ रामेछापबाट रहेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 × 5 =