काठमाण्डौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चले आदेश दिएको छ ।
फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा गत वर्ष फागुन १६ गते विशेष अदालतबाट दोषी ठहर भएपछि गुरुङ निलम्बनमा परेका थिए । आज भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद फुकुवा गर्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको सर्वोच्चले जनाएको छ।