काठमाण्डौं । नेपाली बजारमा अघिल्लो साता अत्याधिक बढेको सुनचाँदीको मुल्य आज आइतबार भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रबार कीर्तिमानी बिन्दुमा पुगेको थियो । महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँचसय २५ रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि स्थिर रहेको महासंघले जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

13 − 6 =