काठमाण्डौं । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

आज आईतबार प्रदेश सिट बाँडफाँट, उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् । गठबन्धनबाट साझा उम्मेदवार चयन र प्रदेश सिट बाँडफाँट टुङ्गो लगाउने तयारी भएको बुझिएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

11 − seven =