काठमाण्डौं । राजस्व छलिका मोबाईलहरुसहित मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी–२ घर भई हाल ललितपुर म.न.पा.–८ बालकुमारी बस्ने २२ वर्षिय सरोज योञ्जन रहेको प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए ।
योञ्जनलाई ललितपुर बालकुमारी एरियामा राजस्व छलि चोरी पैठारी गरि ल्याईएका विभिन्न कम्पनिका मोबाईलहरु बिक्री वितरण गरेको भन्ने गोप्य सुचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले शुक्रबार ट्रेन्डिङ मोबाईल हबबाट भन्सार छलि चोरी पैठारीका लगभग पन्ध्र लाख बराबरका मोबाईलहरु सहित पक्राउ गरेको हो ।
पक्राउ पछि उक्त मोबाईलहरु बरामदसँगै उनलाई आवश्यक कार्वाहिको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुरमा पठाईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।