काठमाण्डौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महाङकाल गा.पा.–३ घर भई हाल ललितपुर म.न.पा.–१७ ग्वार्को बस्ने २७ वर्षिय सरोज घले रहेको प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए ।

घले मिति २०७३।१२।११ गते जिल्ला प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालीका वडा नं.०३ रुमाले भन्ने स्थानमा स्कार्पियो जिप दुर्घटना भई दिनेश ध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको सवारी ज्यान मुद्दाका फरार प्रतिवादी हुन् ।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा काठमाण्डौं म.न.पा.–ग्वार्कोबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =