काठमाडौँ –    दुवईमा पठाईदिने भनि झुक्याएर कुवेत पुर्‍याई बेचबिखन गर्ने कटुवाल पक्राउ परेका छन् ।  २६ बर्षीय महिलालाई  दुवईको पार्लरमा आकर्षक तलव हुने काममा पठाईदिने प्रलोभनमा पारी प्रतिवादीहरुले मिलेमतो गरी झुक्याई कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति मध्येका गणेश बहादुर कटुवाललाई पीडितको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बाट खटिएको प्रहरी टोलिले काठमाण्डौ टोखा नगरपालिका वडा नं. ०५ बाट  यहि चैत्र २ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भई रहेकोमा सोही वारदातमा संलग्न रही फरार रहेका प्रतिवादी मध्येका वर्ष ५८ को लक्ष्मी प्रसाद निला सिटौलालाई आज काठमाण्डौ का.म.पा. वडा नं.०९ बाट पक्राउ गरी आजैका मितिबाट लागु हुने गरी सम्मानित जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भई रहेको  साथै निज प्रतिवादी लक्ष्मी प्रसाद निला सिटौलालाई पक्राउ गर्ने क्रममा निजले Visit Visa मा दुबई हुदै खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा आकर्षक तलब सुविधा हुने काममा लगाई दिने प्रलोभन देखाई थप ५ जना महिलाहरुलाई विदेश लैजाने प्रकृयाको लागी काठमाण्डौको गौशाला स्थित होटलमा राखेको अवस्थामा फेला पारिएकोले निज महिलाहरुलाई उद्दार गरी आवश्यक परामर्श प्रदान गर्नुका साथै थप बुझ्ने कार्य भईरहेको प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 × four =