काठमाण्डौं । आकर्षक तलबको प्रलोभनमा पारी बैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनि रकम ठगि गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी मनहरा विसवाकटैया–८ घर भई हाल काठमाण्डौं–९ गौशाला बस्ने २३ वर्षिय मोतिबाबु अन्सारी र झापा बाह्रदर्शी–९ घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ–१० कपन बस्ने ४४ वर्षिय ज्ञानुवती राजपुरिया रहेको प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए ।

अन्सारीले विजय कुमार शाहलाई दुबई पठाईदिन्छु भनि दुई लाख असी हजार रुपैयाँ र राजपुरीयाले भगवान महत्तोलाई मलेशिया पठाईदिन्छु भनि एक लाख पच्चीस हजार रुपैयाँ रकम ठगि गरेका थिए ।

उनिहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा अन्सारीलाई काठमाण्डौं गौशाला र ताजपुरियालाई बुढानिलकण्ठ कपन बाट मंगलबार पक्राउ गरी थप अनुसन्धान तथा कार्वाहिको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

six − 5 =