काठमाण्डौं । काठमाण्डौं शोभाभगवती स्थित (एल बि ए ) लिटल बुद्ध एकेडेमी माध्यमिक स्कुलले बाल प्रतिभा प्रस्फुटन तथा अभिमुखिकरण कार्यक्रम -२०८० सम्पन्न गरेको छ ।
स्कुलका सस्थापक अध्यक्ष श्रीमती मनु कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्याक्रममा प्रमुख अतिथिको रुपमा योगबिज्ञ योगीनी सरीतानन्दी , विषेश अतिथि मोटीभेटर स्पिकर बिदुर फुयाँल, एल बि ए लिटल बुद्धका सस्थापक प्रध्यानाध्यापक, मुडुला कार्की सेवा समाजका महासचिव, नेसनल प्याप्सन बागमती प्रदेशका अध्यक्ष, स्कुल फोरम नेपालका बरिष्ठ उपाध्यक्ष नारायण कुमार कार्की , स्कुल फोरम नेपालका अध्यक्ष जयराम लामिछाने ,अतिथिहरु , अभिभावकहरू , कलाकारहरू, विद्यार्थीहरू र पत्रकारहरू समेतको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन राज कार्कीले गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि योगबिज्ञ योगिनी सरितानन्दीले अहिलेका बच्चाहरुलाई बिभिन्न किसिमका मोटीभेट, गाइड गर्नु पर्ने मा जोड दिनु भयो , घरमा आमा बुवाले बच्चाका अगाडी कुनै पनि किसिमका झगडा , बिबाद ,क्रश जबाफ नगर्न लाई पनि सम्पूर्ण उपस्थिति बच्चाका अभिभावकहरु लाई सुझाब दिदै प्रशिक्षण, योग आसन्नहरु समेत गराउनु भएको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक कार्कीले ” संस्कार सहितकाे शिक्षा” बालबालिकामा रहेका प्रतिभाहरू पहिचान गरी अवसर दिँंदै जानुपर्ने धारणा राख्नु भएको थियो , कार्कीले भन्नु भयो ”आजका बालबालिका भोलिका कर्णधार भएकाले बालबालिकाहरूमा लुकेर रहेका प्रतिभाहरू पहिचान गरी अवसर दिँंदै जानु पर्छ ”। लिटल बुद्ध स्कुल अब योगमय, संस्कारी शिक्षाको प्रमुख थलो बनाउनेमा प्रण गर्नु भयो , संसकारी शिक्षा घर नै हो सय शिक्षिक् शिक्षिका भन्दा घरका आमाबाट पाउने शिक्षा ठुलो हुन्छ वहाले भन्नु भयो । हामीले दिने शिक्षा आध्यात्मिक हुनु पर्छ र संस्कारी शिक्षामा जोड दिएका छौ वहाले भन्नु भयो । त्यस्तै मोटिभेटर स्पिकर बिदुर फुयालले सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुलाई उत्प्रेरक खालको प्रशिक्षण दिनु भएको थियो । वहाले बिभिन्न बिश्व विख्यात ब्यक्तिहरुको बारेमा बताउदै विधार्थीहरु लाई कोरा किताबी ज्ञान मात्र नभएर अन्य बाहिरी क्रियाकलापमा समेत सहभागिता गराउन जोड दिनु भयो ।
कार्यक्रममा युकेजी बाट कक्षा १ मा प्रवेश गरेका बालबालिकाहरुलाई दिक्षित समेत गरीएको थियो । नर्सरी देखि कक्षा १० सम्म पठनपाठन सञ्चालन हुँदै आएको उक्त स्कुलमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आएको छ । लिटल स्कुल सन् -१९९६ मा स्थापित स्कुल हो जहाँ अहिले करिब ४०० विद्यार्थीहरू रहेका छन आउँदो शैक्षिक सत्र बाट ५०० भन्दा बढी बिद्यार्थी हुने विद्यालय श्रोतले जानकारी दिएको छ।