काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुट्नुपर्ने बताएका छन् । शुक्रबार जुम्लाको खलंगामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले देश बनाउनका लागि सबै एकजुट भएर राष्ट्रको पुरानो गौरव फर्काउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ’ ‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ । आफ्नै भूगर्भभित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइराखेका छौँ । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर खै ? त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 × 1 =