काठमाण्डौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महरासँगै तीन जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा माओवादी केन्द्र महरा नेकपा एमाले , नागरिक उन्मुक्ति पार्टी , जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी सहित ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

उनीसँगै तीन जना मन्त्रीले पनि आइतबार शपथ लिएका छन् । एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बनेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 × one =