काठमाण्डौं । बैकिंङ कसुर मद्धाका फरार प्रतिवादी प्रक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गा.पा.–३ घर भई ललितपुर महालक्ष्मी–८ लुभु बस्ने ५४ वर्षिय कोमल बहादुर मगर रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
मगर सम्मानित काठमाण्डौं जिल्ला अदालत बबरमहल काठमाण्डौंबाट मिति २०८०/११/८ गते पक्राउ अनुमति प्राप्त भएका प्रतिवादी हुन् ।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा आइबार बानेश्वरबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि प्रहरी बृत्त सिंहदरबार, काठमाण्डौं पठाईएको समेत उपरीक्षक पोखरेलले जानकारी दिए ।