काठमाण्डौं । सिंहदरबारभित्रै प्रहरी हवलदारले प्रहरी जवानलाई कुटेका छन् । अर्थमन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका सवारी चालकसमेत रहेका हवलदार उज्ज्वल भण्डारीले सिंहदरबार गणका एसपी सन्तोष तामाङका अङ्गरक्षक प्रहरी जवान सुन्दर सिंहलाई मन्त्रालयमै बिहान १० बजे सलाम नगरेको भन्दै थप्पड हानेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार ‘मलाई किन सलाम गर्दैनस् ? भन्दै भण्डारीले थप्पड हानेका थिए । पीडित जवानले हाकिमहरूसमक्ष मौखिक रूपमा हवलदारमाथि कारबाहीको माग गरेका छन् । कुट्ने भण्डारी र कुटाइ खाने सिंह दुवैजना बझाङ घर भएका हुन् ।