काठमाण्डौं । जबरजस्ती करणी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्व न.पा.–५ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर न.पा. बस्ने २२ वर्षिय विशोक वि.क. रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
वि.क. विहिबार प्रहरी वृत्त जतातीको मानिस पक्राउ गरी पठाईदिने सम्बन्धको पत्राअनुसार जबरजस्ती करणी कसुर मुद्धामा फरार रहेका प्रतिवादी हुन् ।
उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा सोमबार गोकर्णेश्वर नमुना बस्तीबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्वाहिको लागि प्रहरी वृत्त जगाती पठाईएको समेत रेग्मीले जानकारी दिएका छन् ।