काठमाण्डौं । अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरी लैजादै गरेको दुई ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही ओमसतिया गा.पा.–४ बसन्तपुर स्थित रोहिणी खोला देखी लु ४ त ७२२३ र लु ५ त १६६ नम्वरको दुई वटा ट्याक्टरमा अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन गरी लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय वेलहिया, रुपन्देहीबाट खटिएको प्रहरी टोलिले मंगलबार फेला पारी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
नियन्त्रण पछि आवश्यक कार्वाहिको लागि गा.पा. कार्यलय पठाई तिस हजार रुपैयाँ जरिवाना भएको समेत भट्टले जानकारी दिएका छन् ।